Home मुख्य समाचार फरेष्ट्री नजिकै बाइक दुर्घटना, एक जना घाइते

फरेष्ट्री नजिकै बाइक दुर्घटना, एक जना घाइते

हेटौंडाः पुर्वपश्चिम राजमार्ग सडकखण्ड अन्तर्गत हेटौंडा–१० फरेष्टि नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएकोे छ । मंगलबार बिहान ११ बजेको समयमा ना २३ प ४२२३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जना सामान्य घाइते भएका छन् ।

घाइतेको अहिले हेटौंंडा अस्पतालमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयोे । घाइते सामान्य रहेकोेले प्रहरीले नाम समेत टिपोट नगरेकोे उहाँले बताउनुभयो । दुर्घटना कसरी भयो भन्नेबारेमा घाइते चालकलाई सोधपुछ गर्दा उसलाई नै थाहा नभएको बताएको प्रहरी जनाएको छ ।

Exit mobile version