Home मुख्य समाचार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा इन्द्र बानियाँ सर्वाधिक मतसहित विजयी

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा इन्द्र बानियाँ सर्वाधिक मतसहित विजयी

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत महाधिवेशन प्रतिनिधिका लागी भएको मतदानबाट नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँ सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ । क्षेत्र नं. १ मा कुल ७ सय ४८ मत खसेकोमा मंगलबार बिहान सम्पन्न मतगणना अनुसार महाधिवेशन प्रतिनिधिका लागी खुल्ला पुरुष तर्फ बानियाँ सर्वाधिक ६ सय ७६ मत सहित निर्वाचित हुनुभएको हो ।

मकवानपुरमा नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्र नं. १ को निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधिका लागी भएको निर्वाचनको मत परिणाम आएको छ । महाधिवेशन प्रतिनिधिका लागी खुल्ला पुरुषतर्फ बाट बानियाँसँगै आनन्दराम पराजुली, अमृतकुमार लामा, बिष्णु कुमार लामिछाने, दिनेश उपाध्याय, रघुरमण न्यौपाने, प्रभात कुमार दाहाल, माइक रामचन्द्र अर्याल, रामबाबू बानियाँ र तारा चन्द बजगाई विजयी भएका छन् । उहाँहरुले क्रमशः ६११, ५७७, ४९३, ४८६, ४८४, ४५५, ४५५, ४४१ र ४०५ मत प्राप्त गर्नुभएको थियो ।

महाधिवेशन प्रतिनिधिका लागी प्रत्यासी रहेका शेर बहादुर लामा, राजु खतिवडा, होम नाथ गौतम र चोक बहादुर ठाँडा मगरले भने क्रमशः ३९६, ३८९, ३०७ र २६९ मत प्राप्त गरेपनि पराजित भएका छन् । यसैगरी खुल्ला महिला तर्फ उर्मिला पुलामी, प्रबित्रा बिक, अन्जना उपाध्याय र मिरा बन्जारा क्रमशः ५९७, ५८३, ४८७ र ४७२ मतसहित विजयी भएका छन् । महिला खुल्लामा प्रत्यासी रहेकी नेपाली कांग्रेसकी नेतृ रिता खनाल भने ३८८ मत प्राप्त गर्दै पराजित हुनुभयो । यस्तै प्रत्यक्ष जनजाती पुरुष तर्फ भएको मतदानबाट ४९६ मतसहित चम्पुरत्न लामा, ४५६ मतसहित अशोक राज शाक्य र ४७० मतसहित शुभात थिङ विजयी भएका छन् ।

नेपाली कांग्रेस मकवानपुरको क्षेत्रिय समितिको सचिवमा ५५४ मतसहित दोर्जे लामा स्याङतान र ४९९ मतसहित कविन संगामी विजयी भएका छन् । सचिवमा पराजित भएका अर्का प्रत्यासी रमेश ढकालले २५५ मत प्राप्त गरे । यसअघि, सोमबार भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ सभापतिमा धर्मराज लामिछानेले पनि उम्मेदवारी दिनुभएको थियो । तर उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै खनाल निर्विरोध निर्वाचित हुनुभएको हो । देउवा पक्षका खनालसँगै सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध निर्वाचित हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधितर्फ खसआर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध हुनुभयो । खसआर्य महिलातर्फ राधा कोइराला निर्विरोध हुनुभयो भने जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा निर्विरोध निर्वाचित हुनुभयो । दलिततर्फ गोपीलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध हुनुभएको छ । कार्यसमितिमा २५ जना र महाधिवेशन प्रतिनिधि २५ जना गरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कुल ५० जना निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भने नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा चलिरहेको छ । अहिले क्षेत्र नं. २ अन्तर्गत महाधिवेशन प्रतिनिधीको मतगणना भइरहेको नेपाली कांग्रेस बकैया–१ का सभापति बुद्ध बरामले जानकारी दिनुभएको छ । उहाँका अनुसार हालसम्म ५०० मत गणना भएकोमा जयराम लामिछानेले अग्रता बनाउनुभएको छ । यस्तै क्षेत्र नं. २ को सभापतिमा लोक मोक्तान र इश्वरनाथ पौडेलबिच प्रतिस्पर्धा भइरहेको छ । मोक्तान देउवा पक्षका हुनुहुन्छ भने पौडेल इतर पक्षको हुनुहुन्छ । क्षेत्र नं. २ मा कुल १ हजार ४२ मत खसेको छ ।

Exit mobile version