Home मुख्य समाचार अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा प्रहरीसँग एकदिने अन्तरक्रिया

अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा प्रहरीसँग एकदिने अन्तरक्रिया

हेटौंडाः बालअधिकार, बालसंरक्षण, बालमैत्री सेवा प्रवाहमा नेपाल प्रहरी एवं बालहेल्पलाइन १०९८ को भुमिका विषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । बुधबार हेटौंडामा २० नोभेम्वर अर्थात अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सिविन नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा अन्तरक्रिया भएको थियो ।

बालअधिकार, बाल संरक्षण, बाल विवाह, अनलाईनमा बालबालिकाहरुको प्रयोग एव दुरुपयोग, बालबालिकाहरुको उद्धार, संरक्षण, परामर्श, पुर्नस्थापना, शारीरिक दण्ड, हिंसा, यौनदुब्र्यवहार, हराएका तथा फेला परेका बालबालिकाहरुको सन्र्दभमा कसरी बालहेल्पलाइन १०९८ र नेपाल प्रहरीसँग समन्वय गरि कार्य गर्दा प्रभावकारी हुन्छ भन्ने सन्दर्भमा प्रहरीसँग अन्तरक्रिया भएको बाल हेल्पलाइन जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताउनुभयो ।

मकवानपुर जिल्लामा सिविन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषदको सहकार्यमा सिविन नेपालले संचालन गरेको बालहेल्पलाइन संचालन कार्यविधि २०७६ को बारेमा समेत उहाँले जानकारी गराउनुभएको थियो । प्रहरी र बालहेल्पालाइनको समन्वयमा विगतमा भएका बालबालिकाका घटनाकाको सन्र्दभमा समेत छलफल भएको थियो । पछिल्लो समयमा बालबालिकाहरु कसरी सामाजिक संजालको लतमा परि समस्यामा परेका छन र सामाजिक संजालको दुरुपयोगका कारण दुब्र्यवहार, बालविवाह तथा विद्यालय समेत जान छोडि कुलतमा फसेका विषयमा सहभागि विचमा छलफल गराइएको थियो ।

अन्तरक्रियामा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले सहभागिहरुले बालअधिकार तथा बालसंरक्षणका विषयमा धेरै बुझ्ने अवसर मिलेको र यस अवसरलाइ ब्यवहारमा लागु गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी दिनमा बालबालिकाको क्षेत्रमा बालहेल्पलाइनसँग थप सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ४५ जना विभिन्न दर्जाका प्रहरी कर्मचारीको उपस्थिति थियो ।

Exit mobile version