Home मुख्य समाचार तीन दिने विज्ञान लेखन तालिम सम्पन्न

तीन दिने विज्ञान लेखन तालिम सम्पन्न

हेटौंडाः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को आयोजनामा हेटौंडामा भएको तीन दिने विज्ञान लेखन तालिम सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको पत्रकारको लागि तालिम मंगलबार समापन भएको हो । तालिममा हेटौंडाका २० जना पत्रकारको सहभागिता रहेको थियो ।

तालिममा वरिष्ठ पत्रकार केदार शर्मा र वनस्पति अनुसन्धान केन्द्रका प्रमूख रघुराम पराजुलीले सहजिकरण गर्नुभएको थियो । शर्माले विज्ञान विषयमा समाचार लेख्ने तरिका र समाचार कसरी सम्प्रेषण गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो । यस्तै पराजुलीले वनस्पति जडिबुढीका संरक्षण किन र कसरी गर्ने भन्ने कुरामा पत्रकारको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो । यसैगरी नास्टका महेशकुमार अधिकारीले नेपालमा पाइने च्याउनका विषयमा प्रशिक्षण गर्नुभएको थियो । नास्टले गरिएका गतिविधी तथा विज्ञानबारे समाजमा सन्देश प्रवाह गरिने उद्देश्यले तालिमको आयोजना गरिएको नास्टले जनाएको छ ।

Exit mobile version