हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाद्वारा जारी सुचना ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कार्तिक २८ गतेबाट दिवा खाजा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ । कोरोनाले विद्यालय बन्द भएसँगै ५ महिना भन्दा बढी रोकिएको कार्यक्रम पुनः सञ्चालन हुने भएको हो । विद्यालय पूर्ण रुपमा सञ्चालन हुने भएकाले दिवा खाजा पनि सुरु गर्न आग्रह गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमूख गंगाधर रिमालले बताउनुभयो ।

उपमहानगरमा मात्र ७६ वटा सामुदायिक विद्यालय रहेका छन् । कक्षा १ देखी ५ सम्मका दिवा खाजा कार्यक्रम सुचारु गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरिएको रिमालले बताउनुभयो ।