हेटौंडाः हेटौंडामा छठ पर्व सुरु भएको छ । आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ । हेटौंडा–१ को छठघाट लाई चिटिक्क पारिएको छ । छठघाटमा व्रतालुहरु आउने क्रम जारी छ । नदिको छेउमा व्रतालुहरुले पुजा गर्न मण्डल राखेका छन् ।

राप्ती तटमा वर्षेनी छठ पुजा व्यवस्थित हुँदै गएको छ । छठ पुजा मुला समारोह समितिका सहकोषध्याक्ष राजदेव बनियाँले पार्किङ व्यवस्थपन ट्राफिक प्रहरी, एम्बुलेन्सको व्यस्थापन सामुदायिक प्रहरी, सुरक्षा व्यवस्थपन नेपाल प्रहरी, श्री कृष्ण प्रणामी युवा परिषद्ले निशुल्क खानेपानी, हेटौंडा अस्पतालले नर्सको व्यवस्थापन गरेको छ ।