Home मुख्य समाचार पूर्व मन्त्री दुलालको संयोजकत्वमा सरकारलाई सहयोग गर्न कार्यदल गठन

पूर्व मन्त्री दुलालको संयोजकत्वमा सरकारलाई सहयोग गर्न कार्यदल गठन

हेटौंडाः बागमती प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन तथा सरकारलाई सहयोग गर्न कार्यदल गठन भएको छ । प्रदेशको पूर्व मन्त्री एवं सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदल सदस्यमा गठबन्धनको नेपाली कांग्रेसबाट राधा घले, प्रभात तामाङ छन् । एकीकृत समाजवादीबाट माधव पौडेल र मिना ज्ञवाली छिन् भने माओवादीबाट बुद्धिमान माझी छन् ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बनेसँगै मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वको सरकारलाई सरकारसंचालन गर्न आवश्यक सुझाव दिने, सरकारले गरेका काम प्रभावकारी बनाउने, समन्वय र सहजीकरण गर्ने उद्देश्यसहित कार्यदल गठन गरिएको माओवादी बागमती प्रदेशको प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिनुभयो ।

Exit mobile version