Home मुख्य समाचार श्वेतपत्र जारी गर्ने बागमतीका मुख्यमन्त्री पाण्डेको घोषणा

श्वेतपत्र जारी गर्ने बागमतीका मुख्यमन्त्री पाण्डेको घोषणा

मुख्यमन्त्री राजेन्द्र पाण्डे

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताउनुभएको छ । प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले पूर्ववर्ती सरकारले गरेका काम, गर्न बाँकी रहेका कार्य र गर्न नहुने गरेका कार्यलाई समेटेर श्वेतपत्र जारी गर्ने बताउनुभएको हो ।

आफ्नो सरकारले क्यालेन्डर बनाएर काम गर्ने भन्दै उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो काम नगर्नेलाई दण्डित गर्ने बताउनुभयो । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदै छ ।

Exit mobile version