Home मुख्य समाचार मत दिएर राजनैतिक संस्कार विकास गरौः मुख्यमन्त्री राजेन्द्र पाण्डे

मत दिएर राजनैतिक संस्कार विकास गरौः मुख्यमन्त्री राजेन्द्र पाण्डे


हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत दिएर राजनैतिक संस्कार विकास गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वासको मत माग्दै मत दिएर सरकारलाई सबल बनाउन सहयोग गर्न आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेलाई ३ दल नेकपा एमाले (४३), विवेकशील साझा (३) र नेमकिपा (२) ले विश्वासको मत नदिने घोषणा गरेका छन् । यस्तै गठबन्धनको नेपाली कांग्रेस २२, माओवादी २३ र जसपाका १ सांसदले विश्वासको मत दिने भएका छन् ।

प्रदेश सभामा विश्वासको मत विभाजन कार्य सुरु भएको छ । विश्वास हुने सांसदहरुले छुट्टै कक्ष, नहुने सांसदहरुले छुट्टै कक्ष र तटस्थ हुने सांसदहरुले छुट्टै कक्षमा आफ्नो नाममा दस्तखत गर्नुपर्नेछ । प्रदेश सभा सचिवालय भित्र मत विभाजन कार्य सुरु भएसँगै सबै ढोकाहरु बन्द गरिएको छ भने मत संकलन नभएसम्म कोही बाहिर निस्कन नपाउने भएका छन् ।

Exit mobile version