Home मुख्य समाचार कैलाशका ४२१ कांग्रेसमा प्रवेश

कैलाशका ४२१ कांग्रेसमा प्रवेश

सामुहिक तस्बिर खिचाउँदै ।

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस कैलाश गाउँ समितिले शुभदीपावली, छठ, नेपाल सम्वत् तथा ल्होसार पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माओवादी विप्लपका कैलाश गाउँपालिका ईन्चार्ज अमृत रुम्बा, एमालेबाट कैलाश ३ का वडा अध्यक्षका प्रत्यासी वीरबहादुर प्रजा, एमालेबाट निर्वाचित वडा सदस्य १ नम्बर शालिकराम थिङ, माओवादीबाट निर्वाचित ४ नम्बर वडा सदस्य सुन्तली सुनारसहित माओवादी केन्द्र र एमालेका ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको विशेष आतिथ्यमा नवप्रवेशीलाई सदस्यता दिएर पार्टीमा स्वागत गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य मिरा स्याङतान, संघीय सभापति यतिराज सापकोटा, क्षेत्रीय सभापति लोक मुक्तान, महासमिति सदस्यद्वय रञ्जन कालाखेती र भरत लामा, कांग्रेस हेटौंडा उपमहानगर निवर्तमान सभापति आनन्दराम पराजुली, बागमती प्रदेशसभा सदस्य सन्त चेपाङ, कांग्रेसका पुराना नेता पशुपति रिजाल, कैलाश गाउँपालिका उपसभापति मानबहादुर वाईबा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, कैलाश १० का वडाअध्यक्ष माणिकलाल मुक्तानलगातले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

Exit mobile version