Home मुख्य समाचार नेपालको विकास गर्न भारत–नेपालबिच साझा अवधारणा बनाउन आवश्यक

नेपालको विकास गर्न भारत–नेपालबिच साझा अवधारणा बनाउन आवश्यक


हेटौंडाः नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत बिच साझा अवधारणा विषयमा आज पत्रकार सँग छलफल भएको छ । नेपाल भारत मानव विकास एवं मैत्री संघका प्रमुख सूर्य भूसालले मकवानपुरका पत्रकारहरुसँग भारत र नेपाल विच विकासका साझा अवधारणाहरु के के हुन सक्छन् त्यसबारे छलफल गर्नुभएको हो ।

नेपालको विकासमा भारत छिमेकी देश भएपनि नेपालको दलको नेता, प्रधानमन्त्री बनाउन दिल्ली धाउने नेताहरुको कारण देशको विकास हुन नसकेको उहाँले बताउनुभयो ।

भारतले नेपालको विकासको लागि खर्बौ रकम सहयोग गरेपनि धेरै आयोजनाहरु नेपाली राजनीतिको कारण समयमा सम्पन्न हुन नसकेको उहाँले जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्री दिल्लीबाट तोक्ने, दलको नेता बनाइदिने प्रथालाई रोक्न सके भारत र नेपालले साझा विकासको धारणा बनाएर अघि बढ्दा धेरै विकास गर्ने भूषालको भनाई थियो । उहाँले जलविद्युत, पर्यटन, औद्योगिक, कृषि क्षेत्र लगायत भौतिक संरचनामा भारतले सहयोग गर्न सक्ने बताउनुभयो । पहिलेको जस्तै विद्यालय बनाइदिने, एम्बुलेन्स दिने भन्दा फरक सोच्न आवश्यक भएको बताउनुभयो ।

Exit mobile version