Home मुख्य समाचार मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिने

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिने


हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले कात्तिक २२ मा प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ । प्रदेशमा गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले तिहार लगत्तै विश्वासको मत लिन प्रदेश सभामा सुचना दिइसक्नुभएको छ ।

बागमती प्रदेश सभाले विश्वासको मत लिने सुचना दर्ता भइसकेको जनाएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता पाण्डे बुहुमत पुर्‍याउने दाबीसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

बागमती प्रदेशमा अहिले मुख्यमन्त्री बाहेक ३ मन्त्रीहरु नियुक्त भएका छन् । प्रदेशको आठ मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रीमा माओवादीका कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एकीकृत समाजवादीका कृष्ण खनाल र भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका कृष्ण भँडेल छन् ।
विश्वासको मतपछि प्रदेशमो मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । गठबन्धनको समर्थन एक हुँदा तत्कालै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

Exit mobile version