Home खेलकुद उपमेयर कप फुटबलः हेटौंडा समुह चरणबाटै बाहिरियो

उपमेयर कप फुटबलः हेटौंडा समुह चरणबाटै बाहिरियो

फाइल तस्बिर

हेटौंडाः हेटौंडा उपमहानगरपालिका महिला फुटबल टिम उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुर जिल्लाको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी प्रतियोगितामा समुहचरणको दोस्रो खेलमा पनि पराजित हुँदै हेटौंडा उपमहानगरपालिका पहिलो चरणबाटै बाहिरिएको हो ।

शुक्रबार बिहान भएको खेलमा तुलसीपुर उपमहानगरपालिकासँग २–० गोलअन्तरले पराजित हुँदै हेटौंडाले जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७६ औं र ७८ औं मिनेटमा तुलसीपुरकी ममता पुन मगरले गोल गर्दै टिमलाई जीत दिलाएकी हुन् । यसअघि बुधबार भएको खेलमा हेटौंडा गैंडाकोट नगरपालिकासँग १–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा हेटौंडासहित ३१ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता तथा उपविजेता टिमले क्रमशः ५ लाख रुपैयाँ र ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दुबै टिमले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्थान बनाउनेछन् ।

Exit mobile version