Home मुख्य समाचार बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदै राजेन्द्र पाण्डे

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदै राजेन्द्र पाण्डे


हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न राजेन्द्र पाण्डे प्रदेश प्रमुख कार्यालय केहीबेरमा जाने भएका छन् । नेकपा एकीककृत समाजवादीको संसदीय दलको नेता पाण्डे माओवादी र कांग्रेसको सांसदहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदैछन् ।

हालसम्म तीन दलको ५८ सांसदहरुको हस्ताक्षर संकलन भइसकेको र बहुमतको साथ प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्न जाने तयारी गरेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको प्रमुख सचेतक मुनु सिग्देलले जानकारी दिनुभयो ।

Exit mobile version