Home अर्थ/व्यापार मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण अग्रवाल विजयी

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण अग्रवाल विजयी

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी हुनुभएको छ । संघको ५४ औं र ५५ औं साधारणसभा पछि भएको निर्वाचनमा अग्रवाल १ हजार २ सय ४६ मतसहित विजयी हुनुभएको हो ।

उहाँले अध्यक्ष पदका अर्का प्रत्यासी राजकुमार न्यौपानेलाई ९१ मतान्तरले पराजित गर्नुभयो । पूर्व अध्यक्ष समेत रहनुभएका न्यौपानेको १ हजार १ सय ५५ मत पाएका थिए । निर्वाचनमा अध्यक्ष र ४ जना उपाध्यक्षसहित २७ जना कार्यसमितिका लागि निर्वाचन भएको थियो ।

Exit mobile version