Home मुख्य समाचार एक हजारले गरे आँखा दान

एक हजारले गरे आँखा दान

हेटौंडा-१० निवासी ८१ वर्षिय बछईमाया देवकोटा आफ्नो आँखादान गर्नका लागि आँखा दान फारम भर्नु हुँदै ।

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालमा हालसम्म एक हजार जनाले आँखा दान गरेका छन् । अस्पतालमा आएर फर्म भरेर मृत्युपश्चात् आँखा दान गर्ने निर्णय गरेर अहिलेसम्म एक हजार जनाले आँखा दान गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

आँखा अस्पतालमा आँखा दान गर्नेको संख्या बढ्दै गइरहेको पनि उहाँले बताउनुभयो । हाल अस्पतालमा दैनिक ३ सय आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा जलविन्दु, मोतीविन्दु लगायतका आँखाका रोग भएका बिरामी बढी आउने गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा आउने आँखाका सबै खाले बिरामीलाई आँखासम्बन्धी डाक्टरहरुमार्फत् उपचार भइरहेको श्रेष्ठले बताउनुभयो । आँखा अस्पतालमा मरणोपरान्त आँखा दान गर्नेहरुले फर्म भरेर दान गर्न सकिने उहाँले बताउनुभयो ।

Exit mobile version