Home मुख्य समाचार प्रहरीद्धारा मानव आश्रमलाई खाद्यान्न सहयोग

प्रहरीद्धारा मानव आश्रमलाई खाद्यान्न सहयोग

सामुहिक तस्बिर खिचाउँदै

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरीहरुले हेटौंडा–९ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ प्रहरी निरीक्षकहरुले संयुक्त रुपमा आश्रममा सहयोग गर्नुभएको हो ।

खाद्यान्न सहयोग गर्नेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षकहरु अविनाश अधिकारी, कमल लुङ्गेली, धर्मेन्द्र अकौलिया र बोधराज आचार्य रहेको मानव सेवा आश्रम हेटौंडा अभियान्ता होमनाथ पोडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले सेवा सुरुवात गरेको बार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरिएको हो ।

आश्रमलाई २ बोरा चामल, ८ किलो दाल, ५ लिटर तेल र अन्य खाद्यन्न सामग्रीहरु गरी करिब ८ हजार बराबरको खाद्यान्न सहयोग प्राप्त भएको हो ।

Exit mobile version