Home मुख्य समाचार स्कुटरकोे ठक्करबाट घाइते भएका प्रहरी जवान हरिको स्वास्थ्य अवस्था गम्भीर

स्कुटरकोे ठक्करबाट घाइते भएका प्रहरी जवान हरिको स्वास्थ्य अवस्था गम्भीर

हेटौंडाः हेटौंडा–५ स्थित पिप्लेमा स्कुटरले ठक्कर दिँदा घाइते भएको हेटौंडा–५ वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । चितवनको पुरानो मेडिकलमा उपचारत प्रहरी जवान हरीको बुधबार बिहान सम्ममा स्वास्थ्य अवस्था झन गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

प्रहरी जवान हरीसहित मंगलबार साँझ सभा ७ बजेको समयमा वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवाल्दार नवराज श्रेष्ठलाई पनि स्कुटरले ठक्कर दिएको थियो । बा ५३ प ७४३३ नम्बरको स्कुटरले ठक्कर दिँदा प्रहरी जवान हरी, प्रहरी हवाल्दार श्रेष्ठ र स्कुटर चालक सहित ३ जना घाइते भएका थिए ।

घाइते भएका प्रहरी जवान हरीलाई मंगलबार साँझ नै चितवनको पुरानो मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो । यस्तै सामान्य घाइते भएका प्रहरी हवाल्दार श्रेष्ठ र स्कुटर चालकको हेटौंडा–१ स्थित सन्चो हस्पिटलमा उपचार भइरहेका छन् ।

प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार प्रहरी जवान हरी र प्रहरी हवाल्दार श्रेष्ठ आफ्नो डयुटी सकेर फर्किरहेका थिए ।

Exit mobile version