Home खेलकुद हेटौंडा रन प्रतियोगितामा डेबिट मिजार भए प्रथम

हेटौंडा रन प्रतियोगितामा डेबिट मिजार भए प्रथम

हेटौंडा रन प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका डेबिट मिजार

हेटौंडाः हेटौंडा उपमहानगरको आयोजनामा विजया दशमी, दीपवली, छठ पर्वको अवसरमा आयोजित हेटौंडा रन प्रतियोगिता सम्पन्न भएको छ । आज बिहान हेटौंडाको बुद्धचोकबाट सुरु भएको हेटौंडा रन प्रतियोगितामा ४२ जनाले सहभागिता जनाएका थिए ।

हेटौंडाको बुद्धचोकबाट क्याम्पाडाँडा सम्म भएको ६ किलोमिटर दौड प्रतियोगितामा हेटौंडा–१४ को डेबिट मिजार प्रथम भएका छन् ।

यस्तै हेटौंडा–१३ को अम्रित सुनार द्वितीय भए भने सोही स्थानको शशी प्रसाद विश्वकर्मा तृतीय भएका छन् । उनीहरुलाई हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रथम हुने मिजारले १५ हजार, द्वितीय भएका सुनारले १० हजार र तृतीय हुन सफल भएका विश्वकर्माले ७ हजार रुपैयाँ प्राप्त गरे ।

दौड प्रतियोगितामा विजेता हुँदा आफुलाई गौरव महशुस भएको डेबिट मिजारले बताउनुभयो । यसअघि पनि विभिन्न दौड प्रतियोगितामा सहभागि बन्दै आएका मिजारले प्रतियोगिताले आफुभित्र भएको क्षमताको प्रदर्शन गर्न सहयोग पुगेको बताउनुभयो । आज बिहान भएको दौड प्रतियोगिताको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले सिट्टी बजाएर सुरुवात गर्नुभएको थियो ।

Exit mobile version