Home मुख्य समाचार असोज २४ गते प्रदेश सभा बोलाउन सिफारिश

असोज २४ गते प्रदेश सभा बोलाउन सिफारिश


हेटौंडाः बागमती प्रदेश सभाको नवौं अधिवेशन बोलाउन प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई सिफारिश गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही असोज २४ गते प्रदेश सभाको बैठक बोलाउन सिफारिश गरेको प्रदेश स्वास्थ्य मन्त्री प्रदीप कटुवालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धमा भने छलफल भएन । यसैगरी प्रदेशमा भाडादर समायोजन बारे पनि बैठकमा छलफल नभएको मन्त्री कटुवालले बताउनुभयो ।

बागमती प्रदेशसभा असोज २४ गते आह्वान गरेर २५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी भएको बुझिएको छ । यद्यपि प्रदेश सभालाई विश्वासको मत लिने भन्ने हालसम्म खबर नआएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

Exit mobile version