Home मुख्य समाचार भाडादर समायोजनको माग राख्दै हेटौंडामा सार्वजनिक यातायात केन्द्रिय महासंघ धर्नामा

भाडादर समायोजनको माग राख्दै हेटौंडामा सार्वजनिक यातायात केन्द्रिय महासंघ धर्नामा

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा भाडा समायोजनको विषयलाई लिएर सार्वजनिक यातायात महासंघ धर्नामा बसेको छ । वैज्ञानिक भाडा दर प्रदेशमा तुरुन्त समायोजन गर्न माग गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल धर्नामा बसेको हो ।

भाडादर समायोजन तथा यातायातको समग्र समस्या समाधान गराउन उच्च स्तरीय आयोग÷प्राधिकरण तत्काल गठन गर्न माग गर्दै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरमा महासंघले धर्नादिएको महासंघका केन्द्रिय उपाध्यक्ष कान्छाराम थिङले जानकारी दिनुभयो ।

संघीय सरकारले अन्तर प्रदेश चल्ने सवारीको भाडादर २८ प्रतिशतले वृद्धि गरेको छ । प्रदेशको स्थानीय तह तथा छोटो रुटमा चल्ने सवारीको भाडादर प्रदेशले समायोजन नगर्दा व्यवसायीहरुआन्दोलित भएका हुन् । संघ सरकारको बढाएको २८ प्रतिशत भाडा वृद्धि गरेर प्रदेशको स्थानीय तह तथा छोटो रुटमा भाडा लिन सुरु गर्दा राज्यपक्षबाट धरपकड हुँदै आएको महासंघको उपाध्यक्ष थिङले बताउनुभयो । उहाँले अनिश्चितकालको लागि धर्ना मन्त्रालय अगाडि सुरु भएको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले भाडा समायोजनको लागि गठन गरेको समितिको अध्ययन प्रतिवेदन विश्लेषण गरेर मात्रै भाडादर निर्धारण गर्ने जनाएको छ । ३९.५ प्रतिशत भाडादर वृद्धि गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई अध्ययन समितिले प्रतिवेदन बुझाएको महासंघका उपाध्यक्ष थिङले बताउनुभयो ।

Exit mobile version