Home मुख्य समाचार गाई काटेको आरोपमा पक्राउ परेको ९ जनालाई जनही ४० हजार धरौटीमा रिहा...

गाई काटेको आरोपमा पक्राउ परेको ९ जनालाई जनही ४० हजार धरौटीमा रिहा गर्न आदेश


हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको आरोपमा पक्राउ परेको १० जना मध्ये ९ जनालाई ४० हजार धरौटीमा रिहा गर्न आदेश जारी भएको छ ।

सोमबार जिल्ला अदालत मकवानपुरको न्यायाधीस कमल विष्टको एकल इजलासले पक्राउ परेको मध्ये ९ जनालाई जनरी ४० हजार रुपैयाँ धरौटी तिरेर रिहा गर्न आदेश भएको जिल्ला अदालत मकवानपुरका श्रेष्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

४० हजार धरौटी नतिरेसम्म उनीहरुलाई थुनामा राखिने छ । पक्राउ परेका मध्ये एक जना बालकलाई भने यसअघिनै प्रहरीले अभिवाकको जिम्मा लगाएको थियो ।

Exit mobile version