Home खेलकुद सम्झौता रद्द हुँदा अश्चर्यमा परेँः गणेश थापा, एकेडेमी सञ्चालन गर्ने ठोस् योजना...

सम्झौता रद्द हुँदा अश्चर्यमा परेँः गणेश थापा, एकेडेमी सञ्चालन गर्ने ठोस् योजना छैन

पत्रकार सम्मेलनमा बोल्नुहुदै पुर्व एन्फा अध्यक्ष गणेश थापा ।

हेटौंडाः विश्व फुटबल महासंघ (फिफा) बाट १० वर्षका लागि प्रतिवन्धमा परेका गणेश थापाले आफ्नो संस्थासँग फुटबल एकेडेमी सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकासँग भएको सम्झौता रद्द भएकोमा आश्चर्य प्रकट गरेका छन् । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर गणेश थापाले फुटबलको विकासमा ईमानदार भएर लाग्दा फिफाले गरेको कारवाहीकै आधारमा सम्झौता रद्द गर्नु नपर्ने जीकिर गर्नुभयो ।

मकवानपुरमा मात्रै नभएर देशका विभिन्न स्थानमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाइरहँदा गृहजिल्लामै सम्झौता रद्द हुँदा दुख लागेको थापाको भनाइ थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष समेत रहेका थापाले हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरिसक्दा पनि एकेडेमी कहाँ, कसरी सञ्चालन गर्ने भन्ने योजना भने नभएको बताए । अझै पनि हेटौंडा उपमहानगरपालिकासँग सम्झौता हुने आशा व्यक्त गर्नुहुँदै उपमहानगरसँग सहयोग लिएर एकेडेमी सञ्चालन हुने थापाले बताए । सम्झौता रद्द हुँदा आफू ठूलो पीडामा रहेको उल्लेख गर्दै आफू अन्यायमा परेको थापाले जनाएका छन् ।

Exit mobile version