Home मुख्य समाचार नेपाल प्रहरी स्थापना दिवसको अवसरमा ७२ प्रहरीले गरे रक्तदान

नेपाल प्रहरी स्थापना दिवसको अवसरमा ७२ प्रहरीले गरे रक्तदान


हेटौंडाः ६६ औं प्रहरी दिवस–२०७८ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा भएको रक्तदानमा ७२ जना प्रहरीले रक्तादान गरेका छन् ।

नेपाल प्रहरी स्थापनाको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न खेलकुद गतिविधि संचालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

Exit mobile version