Home मुख्य समाचार कसैलाई विभेद गर्दिनः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

कसैलाई विभेद गर्दिनः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाल स्काउट बागमती प्रदेशको संरक्षकको भूमिकामा रहँदा कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता गर्नुभएको छ ।सोमबार हेटौंडामा स्काउटको सपथ लिँदे मुख्यमन्त्री शाक्यले सबैलाई समान व्यवहार गर्ने बताउनुभएको हो ।

बागमती प्रदेशमा स्काउटलाई अझ शशक्त, ब्यापक बनाउन, स्काउट प्रति विश्वास जगाउन, सद्भाव कायम राख्न संरक्षको रुपमा आफुले भूमिका खेल्ने बताउनुभयो । संघीयतामा देश गएसँगै अब स्काउटलाई पनि बागमती प्रदेशमा व्यवस्थित गर्न प्रदेश स्काउट तदर्श कमिटीलाई मुख्यमन्त्री शाक्यले निर्देशन दिनुभएको छ । राजनीतिक भावनाबाट बाहिर आएर उच्च मानवीय सेवा गर्ने संस्था स्काउट भएको मुख्यमन्त्री शाक्यले बताउनुभयो ।

Exit mobile version