Home मुख्य समाचार मकवानपुरको कुन स्थानीय तहमा को बने कांग्रेस सभापति

मकवानपुरको कुन स्थानीय तहमा को बने कांग्रेस सभापति

कांग्रेस हेटौंडा उपमहानगरको सभापतिमा विजयी हुनुभएको उत्सब इटेनीको टिम


हेटौंडाः मकवानपुरमा शनिबार नेपाली कांग्रेसको गाउँ–नगरपालिका अधिवेशसन सम्पन्न भएको छ । अधिवेशनले मकवापनुरको १० वटै स्थानीय तहमा कांग्रेसको सभापति चयन गरेको छ । स्थानीय तहमा कतै मतदान भएको थियो भने कतै सर्वसम्मत नेतृत्व चयन भएको काग्रेस कार्यबाहक सभापति विष्णु लामिछानेले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगरको सभापतिमा उत्बस इटेनी, थाहा नगरको सभापतिमा प्रमोदकृष्ण जोशी, मनहरी गाउँपालिका सभापतिमा प्रकाश बर्तौला, मकवानपुरगढी सभापतिमा राजबीर मोक्तान, भीमफेदी सभापतिमा संजीव श्रेष्ठ, बकैया सभापतिमा दिल बहादुर भोम्जन, इन्द्रसरोबर सभापतिमा विश्व लामा, राक्सिराङ सभापतिमा विरेन्द्र जिम्बा, बागमतीको सभापतिमा फडिन्द्र तिमल्सिना र कैलाश गाउँपालिका सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित हुनुभएको छ ।

Exit mobile version