Home मुख्य समाचार १४ करोडको लागतमा मकवानपुरगढीमा पक्की पुल बन्दै

१४ करोडको लागतमा मकवानपुरगढीमा पक्की पुल बन्दै

पक्की पुलको निर्माण कार्यको शुभारम्भ गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई


हेटौंडाः मकवापनुरको मकवापनुरगढीमा १४ करोडको लागतमा पक्की पुल निर्माण कार्यको सुरुवात भएको छ ।

संघीय सरकारको १४ करोडको लागतमा मकवापनुरगढी वडा नम्बर २ र ३ को सिमानाको सोल्टिमोडबाट ६ नम्बर वडा डुम्रेकुना जोड्ने १२० मिटर लम्बाइको पक्की पुल निर्माण कार्यको शुभारम्भ गाउँपालिका अध्यक्ष विदुर हुमागाईले मंगलबार गर्नुभएको छ ।

आगामी वर्ष २०७९ साल जेठमा पक्की पुल निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्यको ठेक्का अनक कन्स्ट्रकसनले पाएको छ । पक्की पुल निर्माण भएपछि मकवानपुरगढी वडा नम्बर २, ३ र ६ नम्बर वडाका नागरिकले आवतजावतमा सहजता हुने गाउँपालिकाले जनाएको छ । पुल नहुँदा सामरी खोलाले तीन वडाका बासिन्दालाई हैरानी भएको थियो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले समयमै पुलको निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनिलाई निर्देशन दिनुभएको छ ।

Exit mobile version