Home मुख्य समाचार रोटरी क्लब अफ मकवानपुरमा जोशी पदस्थापित

रोटरी क्लब अफ मकवानपुरमा जोशी पदस्थापित

सुन्दर कुमार जोशीलाई अध्यक्ष पदको पदक लगाइदिएर पदस्थापन गर्नुहुँदै रोटरी क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति ।

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरमा सुन्दर कुमार जोशी पदस्थापित हुनुभएको छ । अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था रोटरी इन्टरनेशनलमा आवद्ध रोटरी क्लब अफ मकवानपुरको वर्ष २०२१/२२ का लागि जोशीले पदाधिकारी समेत चयन गर्नुहुँदै शुक्रबार साँझ हेटौंडाको एभोकाडो होटेलमा पदस्थापन कार्यक्रमको आयोजना गरेको हो ।

सातौं पदस्थापन कार्यक्रम रोटरी क्लब अफ मकवानपुरको बर्ष २०२०/२१ का अध्यक्ष कविन सांगामीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो । अध्यक्ष पदमा पदस्थापित हुनुभएपछि सुन्दर कुमार जोशीले उपाध्यक्षमा शुक्र जोशी, सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा मनोज ढोडरी, सहसचिवमा हरि कुमार शर्मा र सहकोषाध्यक्षमा दीपक उप्रेतीलाई नियुक्त गर्नुभयो ।

बर्ष २०२०/२१ मा कोभिड–१९ संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञाको अवधिमा विपन्न व्यक्ति र परिवारलाई लक्षित गरी निशूल्क खाना खुवाउने कार्यक्रमको टिमलाई सम्मान गरिँदै ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रोटरी क्लब अन्तर्राष्ट्रियरुपमै प्रतिष्ठित संस्था भएको उल्लेख गर्नुभयो । उहाँले रोटरी क्लब अफ मकवानपुरको अग्रसरतामा स्थापना गरिने भनिएको प्लास्टिक सर्जरी अस्पतालका लागि जग्गा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पदस्थापनपछि अध्यक्ष सुन्दर कुमार जोशीले संस्थापक, अग्रजको सहयोगमा राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बर्ष २०२०/२१ को उत्कृष्ट सदस्यको रुपमा रोटरी क्लबका सचिव कृष्णबहादुर कार्कीलाई सम्मान गर्नुहुँदै अध्यक्ष कविन सांगामी ।

आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गरेको भन्दै कविन सांगामीले उत्कृष्ट सदस्यको रुपमा सचिव कृष्ण बहादुर कार्कीलाई सम्मान गर्नुभयो । यस्तै कोभिड–१९ संक्रमणको समयमा निशुल्क खाना खुवाउने कार्यक्रमका संयोजक शुक्र जोशी नेतृत्वको टोलीलाई पनि अध्यक्ष सांगामीले सम्मान गर्नुभयो । पदस्थापन कार्यक्रम विष्णुगोपाल महर्जनको संयोजनमा भएको हो ।

संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पूर्व अध्यक्षहरु विजयलाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ, रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्मा, पूर्व अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, महालक्ष्मी विकास बैंक कमाने शाखाका प्रबन्धक रोशन सेनको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version