Home मुख्य समाचार संविधान दिवसको अवसरमा भीमफेदीका ४३ कैदीबन्दीको कैद मिनाह गर्न सिफारिस

संविधान दिवसको अवसरमा भीमफेदीका ४३ कैदीबन्दीको कैद मिनाह गर्न सिफारिस

हेटौंडाः मकवानपुरको भीमफेदी कारागारबाट ४३ जनाको बाँकी कैद मिनाह गर्न सिफारिस भएकोे छ । असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिले विभिन्न कैदीबन्दीहरुको बाँकी कैद मिनाह गर्दै आउनुभएको छ ।

मकवानपुरको भीमफेदी कारागारबाट पनि मापदण्ड पुगेका ४३ जनालाई कैद मिनाहको लागि सिफारिस गरिएको कारागार प्रमुख नारायण पाण्डेले बताउनुभयो । ५० प्रतिशत कैद भुक्तानी गरेका, असल चालचलन भएको, थोरै कैद समय बाँकी भएकाहरुलाई बाँकी कैद मिनाहको लागि सिफारिश गरिदै आएको छ । गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको अवसरमा सिफारिश भएका कैदीहरुको बाँकी कैद मिनाह गरिदै आएको छ ।

मकवानपुरको भीमफेदी कारागरमा अहिले १ हजार कैदीहरु रहेका छन् । कारागारमा महिला बन्दी गृह निर्माण भएपनि पुरुषहरुलाई मात्र राखिदै आएको छ । कारागारमा महिला कैदीलाई राख्न सुरुवात नभएको कारागार प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

Exit mobile version