Home मुख्य समाचार हेटौंडामा चालू रहेकोे ३९ वटा सीसी क्यामेरा बिग्रियो

हेटौंडामा चालू रहेकोे ३९ वटा सीसी क्यामेरा बिग्रियो

हेटौंडाः सुरुक्षा निगरानीका लागि जडान गरिएकोे हेटौंडाको ३९ वटा सीसी क्यामेरा बिग्रिएको छ । बिहिबार साँझदेखि परेको पानीले सीसी क्यामेरा बिग्रिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार मकवानपुर प्रहरीले निगरानी गर्दै आएको सीसीक्यामेरा नचलेपछि अनुगमन गरेको थियो । अनुगमनमा हेटौंडामा चलिरहेको ३९ वटा सीसीक्यामेरा बिग्रिएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिग्रिएको सीसीक्यामेरा हेटौंडा उपमहानगरपालिकासँगको समन्वय गरेर मर्मत गरिने भएको छ । सीसीक्यामेरा अपराध नियन्त्रण र प्रमाण सकंलनको भरपर्दो माध्यमका रुपमा प्रहरीले लिने गरेको छ । सीसीक्यामेरा बिग्रदा सुरक्षा चुनौती हुने प्रहरीले जनाएको छ ।

Exit mobile version