Home मुख्य समाचार विकास निर्माणको कार्यक्रम स्वीकृत नगर्न समाजवादीले मुख्यमन्त्री कार्यालयलाई पत्राचार गर्ने

विकास निर्माणको कार्यक्रम स्वीकृत नगर्न समाजवादीले मुख्यमन्त्री कार्यालयलाई पत्राचार गर्ने

फाइल तस्बिर

हेटौंडाः बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले अल्पमतमा परेको सरकारलाई विकास निर्माणको नयाँ कार्यक्रमहरु स्वीकृत नगर्न, अबण्डामा राखिएको रकम निकासा नगर्न र आर्थिक अनुशासनलाई कायम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयलाई पत्राचार गर्ने भएको छ ।

सोमबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित प्रदेश सभा सचिवालयको संसदीय दलको कार्यालयमा बसकोे दलको बैठकले उपनेतामा कृष्ण खनाललाई चयन गरेको छ । प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुमागाईलाई चयन गरिएको हो । यसअघि आइतबार बसेको दलको बैठकले राजेन्द्र पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।

यसैगरी प्रदेशमा गठबन्धनको सरकार बनाउन कांग्रेस र माओवादीसँग समन्वय गर्ने जिम्मा दलको नेता राजेन्द्र पाण्डेलाई दिएको छ । ३ दलको सरकार निर्माण पश्चात सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न समाजवादीका सांसदहरु माधव पौडेल, बसन्त मानान्धर, मिना ज्ञवाली, बसुन्धरा हुमागाईलाई जिम्मेवारी दिएको प्रमुख सचेतक सिग्दलले जानकारी दिनुभयो ।

Exit mobile version