Home मुख्य समाचार नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डे

हेटौंडाः नेकपा एकीकृत समाजवादी पार्टीको बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् ।

आइतबार बागमती प्रदेश सभा सचिवालयमा निर्वाचन आयोगले पठाएको नेकपा एमाले विभाजन पत्र दर्ता भएसँगै समाजवादी सांसदहरुको बसेको बैठकले पाण्डेलाई दलको नेतामा चयन गरेको छ । संसदीय दलका नेतामा चयन भएसँगै पाण्डेले छोटो विधिबाट सरकार परिवर्तन गर्ने बताउनुभएको छ । गठबन्धनको सरकारले बागमती प्रदेशमा अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाउने तयारी गरेको छ ।

नेकपा विभाजनपछि बागमती प्रदेशको १३ सांसदहरुले समाजवादी रोजेका थिए । बागमती प्रदेश सभामा नेकपा एमाले संसदीय दलको कार्यालयको स्थापना भएको छ । नेकपा एकीकृत समाजवादीको सोमबार बस्ने बैठकले दलको उपनेता, सचेतक लगायत चुन्ने दलका नेता पाण्डेले जानकारी दिनुभयो ।

Exit mobile version