Home मुख्य समाचार मनहरीमा एमाले नेता महेश बस्नेत आएर विरोध खतिवडालाई के बुझाउन खोजे

मनहरीमा एमाले नेता महेश बस्नेत आएर विरोध खतिवडालाई के बुझाउन खोजे

हेटौंडाः नेकपा एमालेको केन्द्रिय नेता महेश बस्नेतले मकवापनुरको प्रतिनिधिसभा सदस्य विरोध खतिवडालाई कटाक्ष गर्नुभएको छ । बस्नेतले एमाले अध्यक्ष केपि ओलीको सन्तान हुनुमा गर्व भएको भन्दै यही कुरा विरोध खतिवडाले बुझ्न जरुरी रहेको बताउनुभएको हो ।

बस्नेतले नेपाली इतिहासमा प्रचण्डको छोरा छदा के गरर्थे, छोरी ज्वाँई के गर्छन, बाबुरामको श्रीमतीले के गरिन, शेरबहादुरका दउवाको श्रीमती के गर्दैछिन् देखिएको भन्दै नेपालको ठेक्का पट्टा र विकासका योजना बालुवाटरमा बसेर होइन होटलमा बसेर सेटिङ गर्ने गर्ने श्रीमती भएका नेताको अवैध छोराछोरी हुनु भन्दा केपि ओलिका सन्तान भएकोमा हामीलाई गौरव छ, यही कुरा विरोध खतिवडालाई बुझाउन चाहेको उहाँले स्पष्ट गर्नुभयो ।

शनिबार राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँ अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले युवा पंक्तिले नै नेकपा एमाले चाहेको भन्दै सुरुमा सडकमा उक्रिएको बताउनुभयो । जब एमाले दुई धारमा देखियो पार्टीको नेताहरु नै कता जाने स्पष्ट नहुँदा युवा पंक्ति सडकमा उत्रिएको उहाँले बताउनुभयो ।

नेकपा एमालेलाई कमजोर र समाप्त पार्न एमाले बाहेकका दलहरुको गठबन्धनको अभियान सुरु भएको तर गठबन्धनको नेतृत्वले एमालेलाई कमजोर बनाउन नसकेको महशुस गरेको नेता बस्नेतले भनाइ छ । नाङ्लो ठटाएर हात्ति लखेट्न खोजेको भन्दै एमाले प्रतिपक्षमा बस्दा बलियो शक्तिको रुपमा देखिने उहाँले बताउनुभयो ।

बस्नेतले नेकपा एमालेको अघिल्लो पुस्ताभन्नेहरु फर्सिको भेटनु जस्तै कुहिएर गएको र नेकपा एमाले फुटाउन सर्वोच्च अदालत लागिपरेको बताउनुभएको छ ।

अदालतको सेटिङमा बनेको परमादेशको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले फुटाएको उहाँको भनाई थियो । नेकपा एमाले हारेर सरकारबाट ब्याक नभएको भन्दै नेता बस्नेतले जनमतमा जान कांग्रेस र माओवादीले नै स्वीकर नगरेको बताउनुभयो । एमाले अध्यक्ष केपि ओलीले युवाहरुको लागि बिना धितो १५ लाख ऋण, कृषि आधुनिकीकरण, टनेल खेती, कौशि खेती लगायतको योजना ल्याएर युवाहरुलाई रोजगारी दिँदा विरोध खतिवडाहरुलाई यस्तो नपचेको बताउनुभएको हो । कार्यकर्ता र जनताले केपि ओली आइ लभ यू भनेको खतिवडालाई नपचेर पाटी विभाजन गर्न सक्रिय भएर उनीहरु लागेको बस्नेतले आरोप लगाउनुभएको छ ।

यसैगरी युवा संघका केन्द्रिय सदस्य तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले नेकपा एमाले मकवानपुरले जिताएर कांग्रेससँग मिल्न जनताले भोट हालेर उनीहरुलाई नपठाएको बताउनुभयो । चौलागाईले युवा संघ अब पार्टीको प्रतिरक्षामा उत्रने भन्दै एमालेको गलत प्रचार गरेमा युवाहरुले त्यसको प्रतिवाद गर्ने चौलागाईले स्पष्ट गर्नुभयो ।

Exit mobile version