Home मुख्य समाचार बागमती प्रदेश प्रमुख कार्यालयको मुल गेटमा पत्रकारको धर्ना

बागमती प्रदेश प्रमुख कार्यालयको मुल गेटमा पत्रकारको धर्ना

हेटौंडाः बागमती प्रदेश प्रमुख कार्यालयले बुधबार नवनियुक्त मन्त्रीको सपथ कार्यक्रममा पत्रकारलाई भित्र र्छिन बन्देज लगाएको छ । प्रदेश प्रमुख कार्यालयको सचिव नारायणप्रसाद भट्टले पत्रकारलाई भित्र र्छिन नदिएर व्यवसायी, अन्य कार्यालयका कर्मचारी, पिउन लगाएत नेताका कार्यकर्ताहरुलाई मात्र भित्र र्छिन दिएका हुन् ।

मुलधारका पत्रकारलाई रिपोर्टिङ लागि प्रदेश प्रमुख कार्यालयमा छिर्न नदिएसँगै बागमती प्रदेशको राजधानी हेटौंडाका पत्रकारहरुले कार्यालयको मुल गेटमा क्यामेरा राखेर धर्नामा बसेका थिए । दिउँसो २ बजे सपथ कार्यक्रममा प्रदेश प्रमुखका कार्यालयले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलाई समेत निमन्त्रणा गरेका थिए ।

तर आफ्नो पत्रकारलाई बाहिर राखेकोले धर्नामा अध्यक्ष गौतमसहित पत्रकारहरु बसेका हुन् । कार्यक्रममा पत्रकारलाई रिपोर्टिङको लागि भित्र छिर्न नदिएर व्यवसायी, राजनीतिक कार्यकर्ता लगायत अन्यलाई भित्र छिर्न दिएको प्रति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष गौतमले घोर आपत्ति प्रकट गर्नुभएको छ । यसबारे प्रदेश प्रमुखलाई महासंघले ध्यानकर्षण गराउने उहाँले बताउनुभयो ।

Exit mobile version