Home मुख्य समाचार कांग्रेसको वडाअधिवेशनः राक्सिराङको सबै वडामा सर्वसम्मत नेतृत्व चयन

कांग्रेसको वडाअधिवेशनः राक्सिराङको सबै वडामा सर्वसम्मत नेतृत्व चयन

आइतबार राक्सिराङ–६ मा निर्वाचित कांग्रेस वडा कमिटी

हेटौंडाः मकवानपुरमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनको अन्तिम निर्णय आउने क्रम जारी रहेको छ । आइतबारबाट जिल्लाको १ सय २ वटै वडामा सुरु भएको वडा अधिवेशनअन्तर्गत राक्सिराङ गाउँपालिकाका सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।

राक्सिराङको ९ वटै वडामा सर्वसम्मत रुपमा सभापति चयन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिकाको १ नम्बर वडा सभापतिमा प्रताप चेपाङ, २ नम्बर वडा सभापतिमा सुब बहादुर घलान, ३ नम्बर मा प्रकाश ठकुरी, ४ नम्बर वडामा बिकास ब्लोन, ५ नम्बर मा सुशिल ब्लोन चयन भएका छन् ।

यसैगरी ६ नम्बर वडा सभापतिमा राजकुमार चेपाङ, ७ नम्बर मा राम बहादुर चेपाङ, ८ नम्बर वडामा नोकमान पाख्रिन र ९ नम्बर वडा सभापतिमा शिब कुमार मल्ल निर्बिरोध चयन भएका छन् । यस्तै मकवानपुरका अन्य पालिकामा पनि नतिजा सार्वजनिक हुुने क्रम चलिरहेको छ ।

Exit mobile version