Home मुख्य समाचार बागमती प्रदेशको मन्त्री बनेको १४ दिनमै राजीनामा

बागमती प्रदेशको मन्त्री बनेको १४ दिनमै राजीनामा


हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्री कृष्ण खनालले मन्त्री बनेको १४ दिनमै राजिनामा दिनुभएको छ । मंगलबार नेकपा एकीकृत समाजबादिमा खुल्नुभएको मन्त्री खनालले आज बिहान राजिनामा दिनुभएको हो । उहाँको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

हिजो का दिनमा फरक पार्टी को नेतृत्व गर्दै मन्त्री बनेको र नेकपा एमाले टुक्रिएसँगै समाजबादी पार्टी रोजेकोले नैतिकताको हिसाबले राजिनामा दिएको खनालले जानकारी दिनुभयो ।

भाद्र २ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले खनाललाई प्रदेशको मन्त्रिमा नियुक्त गरेर सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरेको थियो । बागमती प्रदेशमा छोटो समयको लागि मन्त्रि बन्नेमा खनालले पहिलो रेकर्र्ड समेत बनाउनुभएको छ ।

Exit mobile version