Home मुख्य समाचार बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ आउने

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ आउने

ईन्द्रबहादुर बानियाँ

हेटौंडाः बामगती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता इन्द्र बहादुर बानियाँ आउने सम्भावना बढेको छ ।

सत्तारुढ गठबन्धनभित्र प्रदेश–१ र बागमती प्रदेशमा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णयमा पुग्ने सम्भावना बढेको हो । प्रदेश–१ मा एमालेबाट विभाजित दल नेकपा (एकीकृत समाजवादी) र बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले लिने ‘सैद्धान्तिक सहमति’ बनेको छ ।

यो सँगै संसदीय दलको नेता समेत रहनुभएको इन्द्र बहादुर बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो । । यसअघि गठबन्धनको सरकारले मुख्यमन्त्री हटाउने सुइको पाएसँगै बागमती प्रदेशको मुख्यमन्त्री फेरिएको थियो । एमालेले मुख्यमन्त्री डोरमणि पौडेललाई फिर्ता बोलाउँदै अष्टलक्ष्मी शाक्यलाई भाद्र २ गते मुख्यमन्त्रीमा नियुक्त गरेको थियो ।

Exit mobile version