Home मुख्य समाचार बागमती प्रदेशको आठौं अधिवेशन अन्त्य

बागमती प्रदेशको आठौं अधिवेशन अन्त्य


हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश सभाको आठौं अधिवेशनको अन्त्य गरेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख यादव चन्द्र शर्माले अन्त्य गर्नुभएको हो ।

शुक्रबार हेटौंडामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको दोस्रो बैठकले चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एंव भौतिक, आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले बताउनुभयो ।

मन्त्रिपरिष्दको बैठकले अधिवेशन अन्त्य गर्ने मात्रै निर्णय गरेको उहाँले बताउनुभयो । यसैगरी शुक्रबार नै प्रदेश प्रमुख शर्माले अधिवेशन अन्त्य गर्दै प्रदेश सभालाई समेत जानकारी गराएको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत राजेश तामाङले जानकारी दिनुभयो । यसअघि भाद्र २ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतमा पहिलो मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

Exit mobile version