Home कला योगमाया

योगमाया

नामः सृष्टि लामा

जीवन अनि मृत्युको यो कस्तो कस्तो नाता
योगमाया महात्माको लेखिएको गाथा
योग,ध्यान ,तपस्यामा लागिरहे सधैँ
राम्रो काम गर्न खोज्दा खुट्टा तान्ने धेरै

जनतामा फैँलाउन चेतनाको दियो
आफ्नो प्राण त्याग्न समेत गरेनन् है ढिलो
सत्य धर्म भिक्षा प्राप्त हुने उनको आशा
राणाले नि सुनेन है यो कस्तो भो दशा

विद्रोहको मन झन् बढ्दै गयो उनमा
त्यसैले हो त्यागिन् प्राण भयो शान्त आत्मा
संघर्ष नि गरे निकै आजको दिन देख्न
भेदभाव,छुवाछुत जातिपाती रोक्न
इच्छा थियो भएन है पूरा उनको बुझ
दृष्टान्त हो समाजमा उनको यो त्याग ।।

Exit mobile version