Home मुख्य समाचार निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री निवास छाड्दै

निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री निवास छाड्दै


हेटौंडाः बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आजै मुख्यमन्त्री निवास छाड्ने तयारी गरेका छन् ।

साढे ३ वर्ष हेटौंडा–२ स्थित सरकारी निवासमा रहनुभएका पौडेलले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएसँगै आज सरकारी निवास छाड्न लाग्नुभएको हो । उहाँ आज १२ बजे मुख्यमन्त्री निवासबाट निजी सवारीमा आफ्नो घर जानुहुने भएको हो ।

उहाँले सरकारी गाडि बुधबार राति मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सपथ सकिएसँगै छोड्नुभएको थियो ।

Exit mobile version