Home मुख्य समाचार मुख्यमन्त्रीबाट डोरमणि पौडेलले दिए राजीनामा

मुख्यमन्त्रीबाट डोरमणि पौडेलले दिए राजीनामा

मुख्यमन्त्री पदबाट राजीनामा दिएर बस्नु भएका डोरमणि पौडेल (बायाँ) । मुख्यमन्त्रीको सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा पुग्नु भएकी नेकपा एमालेकी नेता अष्ठलक्ष्मी शाक्य (दायाँ) ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । बुधबार राती ९ बजे बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई राजीनामा बुझाउनुभएको हो । त्यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो ।

डोरमणि पौडेलले संसदीय दलको राजीनामा दिनुभएसँगै नेकपा एमालेकी नेता अष्ठलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरिएको छ । डोरमणि पौडेलले राजीनामा दिनुभएसँगै अष्ठलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।

Exit mobile version