Home मुख्य समाचार खोलाले बगाएर बेपत्ता भएका वाईबा अझै फेला परेन

खोलाले बगाएर बेपत्ता भएका वाईबा अझै फेला परेन

साङ्केतिक तस्विर

हेटौैंडाः खोलाले बगाएर बेपत्ता भएका मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का ३६ बर्षीय हीरा वाईबा अझै पनि फेला परेका छैनन् । आइतबार मनहरी–९ स्थित खोलाले वाईबालाई बगाएको थियो ।

बेपत्ता वाईबाको अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय मिलेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बिहान ७ बजेसम्ममा वाईबा फेला परेका छैनन् ।

Exit mobile version