Home मुख्य समाचार नेतृत्व गर्ने व्यक्तिले आफ्नो भूमिका आफै खोज्नुपर्छः मुख्यमन्त्री पौडेल

नेतृत्व गर्ने व्यक्तिले आफ्नो भूमिका आफै खोज्नुपर्छः मुख्यमन्त्री पौडेल


हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले नेतृत्व गर्ने व्यक्तिले आफ्नो भूमिका आफै खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवापनुरको छैठौं जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको १३ जिल्ला मध्ये उत्कृष्ट काम गरेको बताउनुभयो । अन्य जिल्ला समन्वय समितिहरु भन्दा मकवानपुरको नेतृत्व राम्रो रहेको बताउनुभयो । समन्वय, सहजीकरण गर्न, स्थानीय तह, प्रदेश र संघीय सरकारसँग जिसस मकवानपुर अब्बल रहेको मुख्यमन्त्री पौडेलको भनाई छ ।

मुख्यमन्त्री पौडेलले अहिले जताततै स्थानीय सरकारमा अध्यक्षले उपाध्यक्षलाई काम गर्न दिएन, मेयरले उपमेयरलाई काम गर्न दिएन भन्ने गुनासो भएको भन्दै आफुसँग भएको अधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो । स्थानीय तहमा अध्यक्षले भन्दा उपाध्यक्षलाई बढी अधिकार भएको भन्दै मुख्यमन्त्री पौडेलले आफ्नो भूमिका आफै खोज्नुपर्ने बताउनुभयो ।

Exit mobile version