Home मुख्य समाचार एकै महाशाखा अन्तर्गतको कार्यालयमा ३७ रिक्त दरबन्दी

एकै महाशाखा अन्तर्गतको कार्यालयमा ३७ रिक्त दरबन्दी


हेटौंडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन आवास तथा शहरी विकास महाशाखा अन्तर्गतका कार्यालयमा ३७ दरबन्दी रिक्त रहेको छ ।

महाशाखाको स्वीकृत दरबन्दी ११० रहेकोमा ७३ जनामात्र उपलब्ध रहेको महाशाखा प्रमुख राजेश कुमार पौडेलले बताउनुभयो ।

उहाँका अनुसार महाशाखा अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरमा ४ जना, शहरी विकास तथा भवन कार्यालय नुवाकोटमा ६ जना, कार्यालयको जनता आवास तर्फ ५ जना, शहरी विकास तथा भवन कार्यालय काभ्रेमा ७ जना, कार्यालयकै जनता आवास तर्फ ५ जना र शहरी विकास तथा भवन कार्यालय काठमाडौंमा ३ जनाको दरबन्दी अझै रिक्त छ ।

Exit mobile version