Home मुख्य समाचार ५४०० ट्याब्लेट लागूऔषध नाईट्रोभेटसहित ठकुरी पक्राउ

५४०० ट्याब्लेट लागूऔषध नाईट्रोभेटसहित ठकुरी पक्राउ

नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको मनिषलाई प्रहरीले सार्वजानिक गर्दै ।

हेटौंडाः लागूऔषध नाईट्रोभेटसहित एक युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार राती ११ बजेर ५५ मिनेटको समयमा हेटौंडा–१० स्थित प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१०, भुटनदेवी मन्दिरमोडमा सुरक्षाजाँच गर्दा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, महादेवस्थानका ३० बर्षीय मनिष ठकुरीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेका बा. प्र. ०२–०२२ प ३७२९ नम्बरको मोटरसाईकलमा सवार ठकुरीको साथबाट ५ हजार ४ सय ट्याब्लेट नाईट्रोभेट बरामद भएको छ । ठकुरीलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version