हेटौंडाः मकवानपुर प्रहरीले खैरो हेरोइन जस्तो देखिने पदार्थसहित १ जनालाई पक्राउ गरेको छ ।
हेटौडा–६ घर भई हेटौडा–४ पारिजात पथमा किराना पसल सञ्चालन गरी बस्ने बर्ष ४० को मनोज चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम फेला परेको थियो । चौलागाईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
