Home कला जीवन मेरो कलकल नदी

जीवन मेरो कलकल नदी

आयुष्मा भण्डारी

पढ्नलाई भनि नेट जोडियो
मोबाइलको एउटा सेट जोडियो

फेसबुक मै भुलेर बस्दा बस्दै
जीवनमा अन्धकारको गेट जोडियो ।।

याद आए तिमीसँग बात गरौँला
फोनबाटै सम्झना साटासाट गरौँला

जीवनमा कुनै दुःख कष्ट आएमा
मिलेर समाधान गर्ने आँट गरौँला ।।।

विदेश गएपछि देश याद आयो
आफ्नो देशको परिवेश याद आयो

अरुको देशमा पसिना बगाउनुपर्दा
आफ्नो देशको अवशेष याद आयो ।।

Exit mobile version