Home कला गजल

गजल

रोशनी कुमारी महतो कक्षा ६, नवोदय शिशु सदन

खै किन किन यो मन काउकुती गर्दैछ अचेल
खल्लो जिन्दगीमा किन रङ्गहरू भर्दैछ अचेल

तिम्रो त्यो मीठो बोलीले घोल्यो यस्तो मिठास
त्यो निराशावादी भावना पनि मर्दैछ अचेल

तिम्रो दुस्ख हेर्न खै किन नसकेको यो हृदयले
आज तिम्रा लागि आफैँसँग लड्दैछ अचेल

निराशामा डुबेको मन खै किन आज हो
चारैतर्फ खुसीयाली र उमङ्ग छर्दैछ अचेल

तिम्रा उच्च विचारलाई सलाम गर्नै पर्ने म त
खै किन मन अहङ्कारको महलबाट झर्दैछ अचेल

Exit mobile version