Home अर्थ/व्यापार दिव्यसेवा निकेतनलाई कृषि विकास बैंकको ६ लाख सहयोग

दिव्यसेवा निकेतनलाई कृषि विकास बैंकको ६ लाख सहयोग

सहयोग रकमको नमूना चेक हस्तान्तरण गरिँदै ।

हेटौंडाः कृषि विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा हेटौंडा–१५ स्थित दिव्यसेवा निकेतनलाई ६ लाख याँ सहयोग गरेको छ । बैंकका निर्देशक कृष्ण नकर्मीले मंगलबार दिव्यसेवा निकेतनका अध्यक्ष यादवप्रसाद गजुरेललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

बैंकबाट प्राप्त सहयोग रकमले दिव्यसेवा निकेतन परिसरमा इन्टरलक ब्लक बिछ्याउने कार्य गरिने बताइएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा दिव्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, केन्द्रीय सल्लाहकार केदार न्यौपाने, कृषि विकास बैंक वीरेन्द्रनगर चितवनका वरिष्ठ शाखा प्रमुख बाबुराम देवकोटा, वरिष्ठ शाखा अधिकृत रवी तामाङ, शाखा कार्यालय हेटौंडाका प्रमुख रामप्रसाद गजुरेल, शाखा कार्यालय कान्तिराजपथका शाखा प्रबन्धक नूरप्रसाद गौतमको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version