Home मुख्य समाचार प्रदेशको आगामी बजेट असार मसान्त भित्रै पास हुन्छः मन्त्री फुयाँल

प्रदेशको आगामी बजेट असार मसान्त भित्रै पास हुन्छः मन्त्री फुयाँल

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल

हेटौंडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले असार मसान्त भित्रै आगामी वर्षको बजेट पास हुने बताउनुभएको छ । उहाँले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही असार मसान्त भित्रै बजेट पास हुने दाबी गर्नुभयो ।

गएको शनिबार देखि बागमती प्रदेश सभा स्थगित हुँदै आएको छ । विद्युतीय बस खरिद प्रक्रियालाई लिएर विपक्षी दलहरुले सदन चल्न दिएका छैनन् । यद्यपि भोलि शनिबार प्रदेश सभा बस्दैछ । तर विपक्षी दलले संसद फेरि अवरुद्ध गर्छन या चलाउन दिन्छन् भन्ने यकिन भइसकेको अवस्था छैन ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री रामेश्वर फुयाँलले मन्त्रालयले आगामी वर्षम गर्ने कार्यक्रमको बारेमा जानकारी दिनुभयो । मन्त्री फुयाँलले आगामी वर्षमा विद्युतीय बस, चार्जिङ स्टेशन, सुरुङमार्गको काम अघि बढ्ने बताउनुभयो । उहाँले बागमती प्रदेशलाई हरित प्रदेशको रुपमा विकास गर्न चाहेको बताउनुभएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव संजीव वराल, महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version